Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

j;'Gw/f>L / dfg>L k'/:sf/ a;'Gw/f–dfg k|1fk|lti7fgn] dªunaf/ /fhwfgLdf cfof]hgf u/]sf] j;'Gw/f>L / dfg>L k'/:sf/ ;dk{0f ;df/f]xdf k//fi6«dGqL 8f k|sfzz/0f dxt, /fi6«slj dfwjk|;fb l3ld/]nufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

ललितपुर – परराष्ट्र मन्त्री डा।प्रकाशशरण महतले राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर पराष्ट्र नीति बनाउनु पर्ने बताउनुभएको छ ।
नेपाल विश्व सम्बन्ध परिषदद्वारा आयोजित नेपालका परराष्ट्र नीतिका कडी विषयक अन्तक्रियामा बोल्दै उहाँले समृद्ध नेपाल बनाउने लक्ष्यअनुरुप अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । ‘‘विदेश नीति बनाउन जति महत्वपूर्ण छ, त्यति नै क्रियाशील हुनु जरुरी छ’’–उहाँले भन्नुभयो । छिमेकी देशसँगको सम्बन्ध छरछिमेकको जस्तो बनाउनु आवशयक रहेको उहाँको भनाइ रहेको छ । विश्वासको सम्बन्ध कायम रहने गरी विदेश नीतिको आवश्यकता रहेको उहाँले औंल्याउनुभयो ।
कुटनीतिकमार्फत विदेश नीतिलाई मजवुत र सम्बन्धलाई अझ विकसित गर्न सकिने उहाँले बताउनुभयो । भारतसँग पहिलेदेखि नै अन्तरसम्बन्ध रहँदै आएकाले यसलाई थप मजवुत बनाउनुपर्नेमा उहाँको जोड रहेको थियो । यसैगरी चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमै राम्रो हुँदै आएकाले उक्त सम्बन्धलाई विकसित गरिंदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
छिट्टै नै प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भारत भ्रमणले नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउन सफल हुने उहाँको धारणा थियो । प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतको राष्ट्रपतिले पनि नेपालको भ्रमण गर्ने उहाँको भनाइ थियो । संस्थाका अध्यक्ष डा राजेन्द्रबहादुर श्रेष्ठले मजवुत विदेश नीतिले मात्र देशको विकास सम्भव रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया