Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

बग्दाद – इराकको राजधानी बग्दादको छिमेकमा पर्ने व्यापारिक क्षेत्र कर्रादामा मङ्गलबार भएको एक कारबम विस्फोटमा परी पाँचभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
प्रायःव्यस्त भइरहने यस इलाकालाई लक्ष्यगरी गरिएको उक्त बम विस्फोटमा परी अन्य १९ जना घाइते भएका प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । पछिल्लो प्रतिवेदनअनुसार कर्रादामा भएको यस कारबम आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १९ जना घाइते भएका नाम नबताउने शर्त प्रहरी स्रोतले जानकारी दिएको छ । सोमबार मध्यराति सो बम आक्रमण भएको बताइएको छ ।

यस विस्फोटमा परी नजिक रहेको एक ‘कफिसप’लयायत कैयौं पसलहरु, सर्वसाधारण नागरिक तथा सवारी साधन ध्वस्त भएका छन् । जुलाइको सुरुका कर्रादा क्षेत्रमा भएको भीषण बम आक्रमणमा परी सयौँ व्यक्ति मारिनुको साथै घाइते भएका थिए ।
इराकमा गत अगस्टमा भएको आतङ्ककारी आक्रमण र हिंसामा परी ६७१ जना इराकीको मृत्यु हुनुको साथै अन्य एक हजार १६ जना घाइते भएका इराकको लागि संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसनले गत बिहीबार जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया