Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

priyanka

टोकियो – मिस जापान प्रतियोगितामा भारतीय मूलकी जापानी नागरिक प्रियंका योशीकावाले ताज पहिरिएकी छन् ।
आज टोकियोमा सम्पन्न प्रतियोगितामा उनले प्रतिस्पर्धिहरुलाई उछिन्दै ताज पहिरिएकी हुन् । मिस जापानको ताज पहिरिएसँगै एक दशमलव ७६ मिटर अग्ली प्रियंकाले आगामी डिसेम्बरमा अमेरिकामा हुने मिस वल्र्ड प्रतियोगितामा जापानको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् ।
अश्वेत नागरिकले मिस जापानको ताज पहिरिएको यो लगातार दोस्रो पटक हो । यस अघि अरियाना मियामोताले मिस जापानको ताज पहिरिएकी थिइन् । लगातार दुई पटक अश्वेत नागरिकले मिस जापान बनेपछि अहिले मिस जापान नै विवादमा आएको छ । जापानीज नागरिकहरुले भने सामाजिक सञ्जाल मार्फत जापानी नै मिस जापान हुनु पर्ने बताएका छन् ।
मिस जापान प्रियंकाको बुबा भारतीय हुन् भने आमा जापानिज हुन् । उनको जन्म टोकियोमा भएको थियो । मिस जापानको ताज पहिरिएपछि विवादमा आएकी प्रियंकाले भने यो विवादको सामना गर्ने बताएकी छन् । विभिन्न सञ्चार माध्यमसँग कुराकानी गर्दै प्रियंकाले आफू पूर्ण रुपमा जापानी रहेको र जापान मै जन्मिएको बताउँदै आएकी छन् । २२ सालकी प्रियंकाले आफ्नो पूर्खा भारतीय हुनुमा पनि गर्व रहेको बताएकी छन् । उनी अंग्रेजी र जापानीज भाषा राम्रोसँग बोल्न सक्छिन् ।

तपाईको प्रतिक्रिया