Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

विराटनगर – विराटनगरमा एक युवकको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ ।

विराटनगर–१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा अन्दाजी २८ बर्षिय युवकको हत्या गरी छाडेको अवस्थामा आज शव भेटिएको हो । घरबेटी श्रेष्ठ नभएको अवस्थामा युवकको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार युवकको शरीर टुक्रा–टुक्रा पारेर बोरामा हालेको अवस्थामा फेला परेको हो ।

युवकको हत्यापछि उनको शव बोरामा राखेर फाल्न गाडीमा राखेर लैजान खोज्दा चालकले शंका गरी प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । सिराहा घर बताउने चारजना युवाले छ दिन अघि मात्र त्यो घर भाडामा लिएर बसेका थिए । घटनास्थलमा तास र वियरका बोतल पनि भेटिएका छन्।

तिनै चारजना युवाले हत्या गरेको आशंका प्रहरीको छ । मदिराको नसामा योजनबद्ध रुपमा युवकको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । हत्याराको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया