Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024
baburam-bhattarai1टोकियो-नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई यही सेप्टेम्बर १८ तारिख अाइतवार हुने कार्यक्रममा सम्बोधन गर्न जापान अाउँदै हुनुहुन्छ ।  नयाँ शक्ति पार्टीको प्रवासी संगठन अन्तरराष्ट्रिय नेपाली समाज जापानले अायाेजना गरेकाे “नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भूमिका तथा आवश्यक्ता” विषयक कार्यक्रममा सम्बोधन गर्न उहाँ जापान अाउनुहुने भएको हो ।

भट्टराईका साथमा प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुवेदी पनि अाउनुहुने भएको छ ।

कार्यक्रममा देश निर्माणमा नयाँ शक्तिले अवलम्वन गरेका नीति तथा कार्यक्रमहरु र त्यसमा विदेशमा बस्ने नेपालीहरुको भूमिका बारे प्रष्ट पार्नुहुनेछ-प्रवास प्रादेशिक समितिका सदस्य भुवन रोकाले समुद्रपारिलाई बताउनुभयो । कार्यक्रम सुगिनामी कु, उमेजातो १-२२-३२ सेसन सुगिनामी हल टोकियोमा हुने भएको छ ।
 १८ तारीखको कार्यक्रम आन्तरिक र खुल्ला गरी दुई चरणमा बिभाजन गरिएको छ। बिहान १० बजेदेखि शुरू हुने आन्तरिक कार्यक्रममा राष्ट्रिय भेलाको भाव सम्प्रेषण तथा प्रशिक्षण कार्यक्रम रहेको छ भने १ बजेबाट हुने खुल्ला कार्यक्रममा “नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भूमिका तथा आवश्यक्ता” बिषयमा छलफल हुनेछ साथै उक्त खुल्ला छलफल कार्यक्रममा अष्ट्रेलिया, कतार लगायतका  देशहरुबाट नयाँ शक्तिका प्रतिनिधिहरु, नेपाली दूतावासका प्रतिनिधिहरु एनआरएनए जापानका प्रतिनिधिहरु, अन्य राजनितीक संघ संगठनका प्रतिनिधि
हरु, सामाजिक संस्थाका प्रतिनिधिहरु, व्यवसायी, पत्रकार लगायत जापानबासी नेपालीहरुको उपस्थिति रहने रोकाले बताउनुभयो ।
सम्पूर्ण जापानवासी नेपालीहरुलाई उक्त छलफलमा सहभागी हुनको लागि अन्तरराष्ट्रिय नेपाली समाज जापान अपिल गर्दछौं “अबको निकाश, आर्थिक विकास, सम्भव छ सम्वृद्धि हाम्रै पालामा” भन्ने नारा सहित स्थापना भएको नयाँ शक्ति पार्टीले आर्थिक विकासको लागि अंगालेको नीति कार्यक्रम जापानबासी सबै नेपालीहरु सुन्न र बुझ्न आउनुहुन आग्रह गर्दै, हाम्रो पालामा विकास गर्ने नयाँ शक्ति अन्तिम विकल्प भएकोले यो अभियानमा प्रत्यक्ष सहभागी भएर देश बिकासको निम्ति आफु भित्र रहेका रचनात्मक, प्राबिधिक र बौद्धिक क्षमताको प्रयोग गर्नुहुन पनि सबैमा अनुरोध अायोजकले गरेको छ ।
कार्यक्रमपश्चात नयाँ शक्तिको योजना अनुरूप नेपालमा लगानी गर्ने सम्भावनाहरू बढ्दै जाने र अन्य जापानबासी नेपालीहरू पनि देश निर्माण अभियानमा एकजुट हुन मद्दत पुग्ने अायोजकले विश्वास लिएको रोकाले बताउनुभयो ।
कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाउन सम्पुर्ण जापानबासी नेपालीहरुमा उपस्थितिको लागि अायोजकले अपिल गरेको छ । ***
तपाईको प्रतिक्रिया