Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

सप्तरी  – कुख्यात सिरियल किलर भारतीय नागरिक मोहम्मद मस्तकिम भनिने रइस मियालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीका चार र सुनसरीका तीन जनाको हत्याका आरोपी समेत रहेका उनलाई वैदेशिक रोजगारीका लागि जाने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले जानकारी दिनुभयो ।

बिहार राज्यको मधुवनी जिल्ला अन्तरगत लौकहा बगमरिया घर भएका उनी सप्तरीको सारस्वर गाविसमा लुकेर बस्दै आएका थिए । विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएका रइसलाई सप्तरी ल्याएर सोमबार सार्वजनिक गरिएको हो ।

नेपालमै सात जनाको हत्या

रइस सहितको समूहले सप्तरीमा २०६९ सालमा सहबुद मिया र उनकी बुहारी सगिरा खातुन, ०७० सालमा जण्डौल–६ की दुलारी देवी साह र त्रिकोल गाविस–५ की निर्मलादेवी साहको हत्या गरेको एसपी ढकालले बताउनुभयो । रइस सुनसरी सदरमुकाम इनरुवामा एकै परिवारका तीनजनाको हत्या भएको घटनामा समेत संलग्न रहेको एसपी ढकालले बताउनुभयो ।

नेपाली नागरिकता र राहदानी

लामो समयदेखि फरार रहेका रइस नेपाली नागरिकता र राहदानी बनाएर रोजगारीका लागि विदेश गइरहेको सूचना पछि सप्तरी प्रहरीले त्रिभुवन विमानस्थल प्रहरी सित समन्वय गरि आइतबार विमानस्थलबाटै पक्राउ गरेको हो ।

रकम लिएर गर्थे हत्या

सबै हत्याका घटनामा रकम पचाउने नियतिले भएको एसपी ढकालले बताउनुभयो । कुनै बहानामा रकम लिने त्यसपछि हत्या गर्ने र खाल्टो खनेर गाड्ने अनि फरार हुने प्रकृति सबै घटनामा देखिएको एसपी ढकालले बताउनुभयो । पक्राउ परेका रइसका साथबाट नेपाली राहदानी समेत बरामद भएको छ । उनीमाथी कर्तव्य ज्यानसहित नक्कली नागरिकता र राहदानी लिएको विषयमा अनुसन्धान सुरु गरिएको एसपी ढकालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया