Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

बर्दिया – बर्दियामा कृष्णसारको वासस्थान अतिक्रमणको चपेटामा परेको छ । विसं २०२६ देखि ऐलानी जग्गाका रुपमा बसोबास गर्दै आएका सुकुम्बासीले घर टहरा निर्माण गर्दै खेतीपाती गर्न थालेपछि ६० हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो ।

alb{ofsf] v}/fk'/l:yt b'n{e s[i0f;f/sf] ;+/If0fsf nflu pRr :yn lgdf{0f ul/b} . ;fydf To; cf;kf; If]qsf cj:yf;lxt s]xL s[i0f;f/ . tl:a/M d]gsf rf}w/L÷ /f;;

सो क्षेत्रमा कृष्णसार संरक्षण क्षेत्र १६ दशमलव ९५ वर्गकिमी फैलिएको संरक्षण कार्यालयले जनाएको छ । कुल क्षेत्रफलमध्ये ५ दशमलव २७ वर्ग किमी कृष्णसारको वासस्थान क्षेत्र रहेको प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिनुभयो । एघार दशमलव ६८ वर्ग किमी आवादी क्षेत्र हो ।

कृष्णसार संरक्षण क्षेत्रभित्र ९३ वटा घर पुरानो ऐलानी बस्ती र ४९ वटा घर सुकुम्बासी बस्ती गरी १४२ घर बनाइएको छ । विसं २०२८ देखि पुरानो बस्ती र २०४६ सालदेखि सुकुम्बासीले संरक्षण क्षेत्र अतिक्रमण गरी बसिरहेका छन् तैपनि राज्यको यसतर्फ ध्यान नगएको स्थानीयवासीको गुनासो छ ।

माछाको रोग नियन्त्रणमा आएन

दुई सातायता बर्दियामा फैलिएको ‘अमोनिया टक्सी सिटी’ रोगले पोखरी र तालमा पालिएका माछा धमाधम मर्न थालेका छन् । माछापालनको पकेट क्षेत्र मानिएको सोरहवा र बासगढीमा यो समस्या देखिएको स्थानीयवासीले बताए । सोरहवा–२ का पुष्प भुसालले एक बिगाहा क्षेत्रफलमा दैनिक ७० देखि १०० सम्म माछा मर्ने गरेको बताए ।

सिलभर र नैनी जातका माछा मर्दै गएको किसानले गुनासो गरे । खासै लक्षण नदेखिए पनि कुनैकुनै माछामा रातो दाग देखिने गरेको उनीहरूले बताए । रोगको औषधिसमेत नपाएको र नियन्त्रणका लागि कृषि प्राविधिकले कुनै सहयोग नगरेको माछापालकको भनाइ छ ।

बासगढी–७ का लक्ष्मण थारुले तालमा माछा मरेको देख्दा अचम्म लागेको बताए । कृषि अधिकृत परशुराम राउतले बाढीको पानी र वर्षात्ले पनि पानीमा रोग फैलिएको हुन सक्ने बताउनुभयो । उहाँले जिल्लाबाट मत्स्य विकास अधिकृतको टोली प्रभावित क्षेत्रमा खटाइने जनाउनुभयो । दोब्बर आम्दानी हुन थालेपछि कृषक परम्परागत धानखेती मास्दै व्यावसायिक माछापालनमा लागेका थिए ।

कृषि विकास कार्यालय बर्दियाले आव २०६४÷६५ देखि अभियानमुखी मत्स्य उत्पादन (फिस मिसन) कार्यक्रम लागू गरेपछि व्यावसायिक रूपमा माछापालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ । फिस मिसन कार्यक्रमबाट एक हेक्टर पोखरी खन्नका लागि एक लाख रकम अनुदानका रूपमा दिने व्यवस्था भएपछि मत्स्यपालनमा कृषकको आकर्षण झनै बढेको छ ।

नमुना मत्स्य उत्पादन पकेट क्षेत्रका रूपमा सोरहवा गाविसमा मात्रै १५५ हेक्टर क्षेत्रफलमा २७० वटा पोखरी निर्माण गरी व्यावसायिक माछापालन गरिएको छ । ७० हेक्टर क्षेत्रफल रहेको बढैया तालमा समेत माछापालन गरिएको छ । बढैया तालको समेत माछा मर्न थालेको कृषकले बताएका छन् ।

जिल्लामा ३८० हेक्टर क्षेत्रफलमा कृषकले माछापालन गरेका छन् । जिल्लामा वार्षिक एक हजार १२८ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । सोरहवा, मैनापोखर, कालिका, बानियाभार, डेउढाकला बगनाहालगायतका गाविसमा माछा उत्पादन हुने गरेको छ । उत्पादित माछा जिल्लाका स्थानीय बजारका साथै नेपालगन्ज, कोहलपुर, चिसापानी, कैलाली, दाङ, सुर्खेतलगायत भारतका सीमावर्ती क्षेत्रमा बिक्री हुने गरेको छ ।

तपाईको प्रतिक्रिया