Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

भरतपुर – चितवनका युवा व्यवसायी एवम् समाजसेवी तेजबहादुर कार्की केशवले प्रेस चौतारी नेपाल, चितवन शाखाको भवन निर्माणको लागि जग्गा उपलब्ध गराउनुभएको छ ।
प्रभु हाउजिङ एण्ड डिलर्स प्रोपोटिज प्रालिका सञ्चालक समेत रहेका कार्कीले भरतपुर ११ बसेनीमा रहेको करिब ६० लाख रुपैयाँ मूल्य पर्ने जग्गा प्रेस चौतारी चितवनको भवन निर्माणको लागि प्रदान गर्नुभएको हो ।

Press Chautari

मुख्य सडकबाट सय मिटर भित्र रहेको ठाउँमा २० हात मोहडा सहितको जग्गा कार्कीले आज प्रेस चौतारी चितवनलाई हस्तान्तरण गर्नुभएको हो । जग्गा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले आफूलद दुखी व्यक्तिहरुलाई सहयोग गर्दै आएकोमा पत्रकारहरुको संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको धारणा राख्नुभएको थियो । भवन निर्माणको लागि आफूले ऐतिहासिक ठाउँमा जग्गा प्रदान गरेको उल्लेख गर्दै कार्कीले प्रेस चौतारीको भवन निर्माणको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

पार्टीगत रुपमा विभाजन नभइ राम्रो काम गर्नका लागि सम्पूर्ण पत्रकारहरु एकजुट भएर अगाडि बढेमा पत्रकारिता क्षेत्र सबल हुने कार्कीको भनाइ थियो । काम गर्ने ठाउँमा राजनीति गर्न नहुने बताउँदै भवन निर्माणको लागि समेत आफूले सक्दो सहयोग गर्ने कार्कीले बताउनुभयो ।

कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ का सांसद कृष्णभक्त पोखरेलले प्रेस चौतारीको भवन निर्माणपछि पत्रकारहरुलाई सक्षम बनाउन थप मद्दत पुग्ने धारणा राख्नुभयो । सांसद पोखरेलले चौतारीको सूचना केन्द्र निर्माण गर्ने भवनमा जग खन्नेदेखि डिपीसी निर्माणसम्मको लागि आफूले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यसै वर्ष भवन निर्माण गरि अर्कोवर्षदेखि उक्त भवनलाई सूचना केन्द्रको रुपमा विकास गर्दै लैजान समेत पोखरेलले आग्रह गर्नुभयो ।

जग्गा हस्तान्तरण कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले व्यापार नाफाका साथै सेवा पनि भएकोले यसै अन्गर्तत कार्कीले सामाजिक उत्तरदायित्व वहन गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

प्रेस चौतारीको भवनलाई ट्रेनिङ सेन्टरको रुपमा विकास गर्दै लैजानको लागि नेकपा एमालेले सक्दो आर्थिक सहयोग गर्ने थपलियाको भनाइ थियो । कार्यक्रम प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष तीर्थ नपालको अध्यक्षतामा भएको थियो भने जिल्ला उपाध्यक्ष सुवास पण्डितले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया