Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले संविधान संशोधन आवश्यक नभएको बताउनुभएको छ ।

थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा अध्यक्ष ओलीले कसैलाई लडह चल्दैमा वा कसैको वहकाउमा संविधान जस्तो विषय संशोधन नुहने भएकाले एमाले तत्काल संविधान संशोधनको पक्षमा नरहेको बताउनुभयो ।

KP

उहाँले एमालेलाई अहिलेसम्म कुनैपनि पार्टीका नेता वा सरकारका प्रतिनिधिले कुन कुन विषयमा किन  संविधान संशोधन गर्नुपर्ने हो भन्ने जानकारी नगराएकाले यसबारेमा पार्टीभित्र छलफल पनि नभएको उहाँले बताउनुभयो ।

प्रदेशको सिमांकन मधेशका मात्र विषय नभएको भन्दै अध्यक्ष ओलीले प्रदेशको सिमांकन नामांकन जस्ता विषय सिंगो देशकै हुने पनि बताउनुभयो ।

मधेस पहाड वा हिमालका वा कुनै समुदाय विशेषका नागरिकलाई संविधानले कुनै विभेद नगरेको दावी गर्दै एमाले अध्यक्ष ओलीले संविधानको पहिलो संशोधनबाट सबैका समस्या संवोधन भइसकेको दाबी पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया