Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको राष्ट्रिय तथा सामुदायिक वनमा भेटिएका ३५० प्रजातिका जडीबुटी भेटिएको छ। तीमध्ये १० प्रजातिका जडीबुटी मात्रै काभ्रेपलाञ्चोक जिल्ला वन कार्यालयले निकासीका लागि इजाजत दिइएकोे छ ।

chi

महाभारत क्षेत्रको चौडापातेमा बनमा चिराइतो, तीतेपाती, मजिठो, पाखाबेद, बोझो, टिमुर, झ्याउ, लौठसल्लालगायत दुर्लभ मानिने ग्राउण्ड अर्किट नामको जडीबुटीसमेत पाइने भएकाले यसबाट मनग्य लाभ लिन सकिने वन अधिकृत प्रेम खनालले बताउनुभयो ।

गत आर्थिक वर्षमा निजी वनबाट उत्पादित दुई हजार ७०९ किलोग्राम पाषणवेद नामक जडीबुटी निकासीको लागि इजाजत दिइएको र त्यसबाट रु१३ हजार ५३३ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

जडीबुटीको उपयोग गर्न सकिने सम्भावना भएपनि त्यसको पहिचान गरी भनेजस्तो लाभ लिन नसकिएकाले जडीबुटी रहेका स्थान पहिचान गर्न जडीबुटी सूचना केन्द्र स्थापना गर्नेलगायतका कार्यक्रम गरिने वन अधिकृत खनालले बताउनुभयो ।

जडीबुटीखेती विस्तारका लागि रु ८२ लाख बजेट विनियोजन भएकाले त्यसबाट जडीबुटी प्रशोधन तथा भण्डारण र सम्भावित जडिबुटीको पकेट क्षेत्र संवद्र्धन गर्ने लगायतका कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयोे ।

तपाईको प्रतिक्रिया