Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

टोकियो – नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा आइतवार टोकियोमा अर्को तीज बिशेष साँगीतिक कार्यक्रम सम्पन्न भएको छ । वि फर अलको आयोजनामा तीजकै दिन भएको सो तीज बिशेष कार्यक्रममा नेपाली चेलीहरुले माइतीको आँगन सम्झेर तीजको तिर्सना मेटाएका थिए ।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु भिमु गुरुङ, प्रकाश सपुतका साथै जापानमा रहेका स्थानिय कलाकारहरु सम्झना भण्डारी, सूर्य खड्का, बिनोद भण्डारी लगायतले आ- आफ्ना सांगीतिक प्रस्तुतिहरु पस्केर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

इकेबुकुरो स्थित तोसिमा कुमिन सेन्टरमा भएको तीज कार्यक्रममा कलाकारहरुको तीज बिशेष सांगीतिक प्रस्तुतीमा महिलाहरु कम्मर मर्काइ मर्काइ नाच्दै भरपुर मनोरञ्जन लिएका थिए ।

कलाकार सम्मानबाट शुरु भएको उक्त कार्यक्रममा अतिथिहरुको आसन ग्रहण, मन्तब्य जस्ता औपचारिकता भने थिएन । आयोजक संस्थाका अध्यक्ष सरोज खत्रीले सम्पूर्ण महिलाहरुप्रति हरितालिका तीजको उपलक्षमा शुभकामना ब्यक्त गरेका थिए । तीज पर्वको महिमा र यसको मौलिक सँस्कारको जगेर्ना गर्ने उद्देश्यले तीज कार्यक्रमको आयोजना गरिएको खत्रीले बताए । ***

तपाईको प्रतिक्रिया