Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

टोकियो – रुपन्देही समाज जापानको तीज बिशेष कार्यक्रम शनिवार टोकियोमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष पशुपति गिरीको सभापतित्वमा भएको सो कार्यक्रममा उपस्थित दर्शक-स्रोताहरुलाई समाजकी उपाध्यक्ष पुनम न्यौपाने घिमिरेले स्वागत गर्नुभएको थियो ।

जापानको छोटो भ्रमणमा आउनुभएकी ज्येष्ठ महिला खुमाकला न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमका प्रचाप्रसार संयोजक खड्क बस्नेत, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, मोना जापानका अध्यक्ष महेन्द्र बानियाँ लगायतले तीजको शुभकामना दिनुभएको थियो ।

शिन ओकुबोस्थित टोकियो रोधी क्लवको सभा हलमा भएको उक्त मनोरञ्जनात्मक तीज बिशेष साँगीतिक कार्यक्रममा रोधी क्लवका कलाकारहरु मिना लामा, सुमन परियार, चिजा तामाङ, सोना केसी, बम पुन, हिरा श्रीष लगायतको प्रस्तुती रहेको थियो । यसैगरी सो अवसरमा म नेपाली ग्रुपको तीज कार्यक्रमका लागि जापान आएका कलाकारहरु प्रकाश कटुवाल र बैकुण्ठ महतले पनि आ-आफ्ना साँगीतिक प्रस्तुतीहरु राखेका थिए ।

कार्यक्रमको पहिलो चरणमा महासचिव काशीराम न्यौपानेको र साँगीतिक चरणमा भने उमेश गिरीको सञ्चालन रहेको थियो ।

कार्यक्रममा चेलीबेटी तथा आगन्तुक सबैलाई दरको ब्यवस्था गरिएको थियो । राष्ट्रिय गानबाट सुरु भएको तीजबिशेष साँगीतिक कार्यक्रममा चेलीहरु धित मरुञ्जेल नाचेर माइतीघरको तिर्सना मेटाएका थिए । ***

तपाईको प्रतिक्रिया