Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

पर्बत – पर्बतको बराचौरमा ट्याक्टर पल्टिदा ९ जना घाइते भएका छन् । बराचौर गाविस ३ स्थिते खबरको भिर नजिकै भलाये डाँडामा ध १ त ३१२ नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त भएको हो । ट्याक्टर सडकबाट ३ सय मिटर तल कालिगण्डकिमा खस्दा ट्याक्टरमा सवार ९ जना घाइते भएको र ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रोल्पा जिल्ला सिर्प ३ बस्ने वर्ष ४० का रिकमान पुन, सोहि ठाउँका १९ वर्षिय याम बहादुर पुन र सोहि ठाउँकै १८ वर्षीय श्याम पुनको अबस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।
घाइते मध्ये ३ जनालाई उपचारको लागी पोखरा र अन्यलाई हुवास लगिएको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ ।

पर्बत सदरमुकाम कुश्मा देखि खानेपानीको पाईप र सिमेन्ट बोकेर वहाकिठाँटी तर्फ हिड्ेको ट्याक्टर अनियन्त्रीत भई कालीगण्डकी नदीमा खसेको थियो ।

तपाईको प्रतिक्रिया