Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

ताप्लेजुङ  – ताप्लेजुङको ताप्लेजुङ नगरपालिका–२ का टीका मगरको घर पहिरोले पुर्दा एकजनाको ज्यान गएको छ । दुईजना हराइरहेका छन् ।

पहिरोले पुरेर टिकाकि २८ वर्षकी श्रीमति विमला मगरको ज्यान गएको हो । छोराहरु १० वर्षका मनोज र ८ वर्षका ललित हराइरहेको ताप्लेजुङ्गका प्रहरी नायव उपरिक्षक रामबहादुर केसीले बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घरबाट विमलाको शव निकालेको छ ।

पहिरोमा हराईरहेका अरुको खोजी भइरहेको उहाँले बताउनुभयो । टीका भने घरमा नभएको पनि प्रहरीले जनाएको छ । पहिरोका कारण ताप्लेजुङका विभिन्न ठाउँका पचास परिवार विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया