Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाण्डाै-नेपालगन्जको वीरेन्द्रचोकमा रातारात पुनर्स्थापना गरिएको पूर्व राजा वीरेन्द्रको शालिक विहीवार राती नै हटाइएको छ । शालिक राख्ने र राख्न नदिनेबीच ठूलै विवाद भएको थियो ।

तनावकाबीच शालिक र झण्डा गाड्ने काम भएको थियो तर रातमा नै हटाइयो । यस अघि पनि सो स्थानमा पूर्वराजा वीरेन्द्रको पूर्ण कदको शालिक थियो । दोस्रो जनआन्दोलनमा सो शालिक भत्काइएको थियो । त्यसपछि भने सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो। झण्डा पुरानो भयो भनेर फेर्न गएका युवाहरुले एक्कासी वीरेन्द्रको अर्धकदको शालिक राख्न खोजेपछि अर्को पक्षले त्यसलाई रोक्न खोजेको थियो । प्रहरीसँगको झडपमा केही युवा घाइते समेत भएका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सो क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको जनाएको थियो। प्रहरीको व्यापक परिचालन हुँदाहुँदै शालिक हटाएकोमा सरकारको संलग्नता रहेको गुनासो गर्नेहरू पनि छन् ।

यस विषयमा राप्रपा नेपालका अध्यक्ष तथा पूर्व मन्त्री कमल थापाले ट्वीटमा सरकारको कडा अालोचना गरेका छन् । उनले अहिलेको म्यादी सरकार इतिहासको सम्मान संरक्षण गर्न नसक्ने कायर र पाखण्डी भएको अारोप लगाएका छन् । ***
kamal-thapa

तपाईको प्रतिक्रिया