Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

Morcha-Logoटोकियो – नेकपा माओबादी केन्द्रको जापानस्थित भ्रात्तृसंगठन नेपाली जनप्रगतिशील मोर्चा टोकियो क्षेत्रीय कमिटीको एकता अधिवेशन यहि शनिबार हुने भएको छ ।

एनेकपा माओबादी र नेकपा माओबादी (बादल) समुह बीच एकता भईसकेपछि हुन लागेको अधिवेशनको सबै तैयारी पुरा भएको बताईएको छ ।
माउपार्टी बिभाजन भएलगत्तै जापानमा पनि भ्रातृसंगठनहरु बिभाजित भएका थिए भने पार्टी एकता भएसंगै जापानका संगठनबीच पनि एकता गर्ने गरी अधिवेशनको आयोजना गर्न लागेको हो ।

जसअनुसार शनिवार टोकियोमा हुन गईरहेको मोर्चाको टोकियो क्षेत्रीय अधिवेशनको सबै तैयारीहरु पुरा भईसकेको जनाईएको छ ।
शिन ओकुबोस्थित टोकियो रोधी क्लवमा हुने एकताको अधिवेशनमा उपस्थित भईदिन उक्त संगठनप्रति आस्थावान समस्त जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा मोर्चाले अपिल गरेको छ ।

मोर्चाको केन्द्रिय अधिवेशन भने यहि महिनाको तेस्रो साता टोकियोमा हुने भएको छ । पार्टीका केन्द्रिय नेताहरुको बिशेष उपस्थितिमा हुन लागेको उक्त अधिवेशनको तिब्र तैयारी भईरहेको मोर्चा स्रोतले जनाएको छ । ***
Morcha

तपाईको प्रतिक्रिया