Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – सरकारले चीनका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लिलामणि पौडेलको नाम सिफारिस गरेको छ । भारतका लागि राजदूतमा भने केपी ओली नेतृत्वको अघिल्लो सरकारले फिर्ता बोलाएका पूर्वराजदूत दीपकुमार उपाध्यायकै नाम सिफारिस गरेको छ ।

hahahaa

मन्त्रिपरिषदको आज बसेको बैठकले भारतका लागि राजदूतमा उपाध्याय र चीनका लागि राजदूतमा पौडेलको नाम सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो । तत्कालीन राजदूत महेश मास्केको कार्यकाल सकिएपछि चीनमा नेपाली राजदूत थिएनन् भने भारतमा उपाध्यायलाई फिर्ता बोलाएपछि अर्को राजदूत नियुक्त गरेको थिएन ।

चीन र भारतका राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । यसका लागि राजदूत हुन जरुरी भएकाले सिफारिस गरिएको हो ।’बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. ऋषि अधिकारी र आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले आगामी निर्वाचनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि प्रदान गरेको सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया