Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

विराटनगर – सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संशोधनको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने धारणा राख्नु भएको छ ।

upendra

सो पार्टीको मोरङ शाखाद्वारा विराटनगरमा आज आयोजित मुलुकको वर्तमान राजनीतिक परिवेश तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले संविधानमा संशोधन गर्नकै लागि वर्तमान सरकारको जन्म भएको दाबी गर्नुभयो ।

उहाँले संविधान संशोधनका लागि विधेयक तयार नहुनु र संसद्मा प्रवेश नभएकाले आशङ्का हुनु स्वाभाविक हो भन्नु भयो । संविधान संशोधनको विषयमा चारैतिर अन्योलको अवस्था देखिएकाले चिन्ता हुनु स्वाभाविक भएको भन्दै उहाँले सरकारले ढिलाइ गरेमा अर्को राष्ट्रिय आन्दोलन हुने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री दाहालको भ्रमणलाई संविधान संशोधनको विषयसँग जोड्नुहुँदैन । उहाँले भन्नुभयो – “संविधान संशोधनको विषय आन्तरिक भएकाले सबै मिलेर नै यस समस्यालाई समाधान गर्नुपर्छ ।”

तपाईको प्रतिक्रिया