Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीको नयाँ स्वरुप निर्माण प्रक्रियाबाट देश अगाडि बढ्न लागेकोे बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले नेपाली काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीलाई बधाई दिन आज यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री निधिले गणतन्त्र, सङ्घीयता, समावेशी, मिश्रित निर्वाचन प्रणाली र धर्म निरपेक्षताजस्ता नयाँ स्वरुपलाई संस्थागत गर्ने चरणमा लागिएको बताउनुभयो ।

bimlendra-nidhi

यी विषयलाई संस्थागत गर्न मधेसको समस्या संविधान संशोधनका माध्यमबाट सम्बोधन गरिनुपर्छ, संशोधनपछि कार्यान्वयनका लागि तीन तहको निर्वाचन प्रक्रिया अघि बढ्न सहज हुन्छ” – उहाँले भन्नुभयो । मधेस समस्यालाई सम्बोधन गरी संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु¥याउनु वर्तमान सरकारको प्राथमिकता रहेको पनि मन्त्री निधिले बताउनुभयो ।

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले काठमाडौँ केन्द्रित बसाइ सराइलाई रोक्न नगर भइसकेका र नगरोन्मुख गाउँमा ढल, खानेपानी, व्यवस्थित सडक, हरियाली क्षेत्रलगायत संरचना निर्माण गर्न मन्त्रालयले कार्य गर्ने बताउनुभयो । सहरको विकास भनेको ठूला भवनको विकास भन्ने मात्र सोच बनेको छ, ग्रामीण, नगरोन्मुख एवम् साना सहर बनिसकेकाको व्यवस्थित विकास गरिनु नै वास्तवमा सहरी विकास हो” – उहाँले भन्नुभयो ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले बन्द भएका उद्योग खोल्ने गृहकार्य सुरु गरिएको जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया