ट्युनिस – ट्युनिसियामा बुधबार भएको सडक दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको ट्युनिस गृह मन्त्रालयले जनाएको छ ।
उक्त दुर्घटनामा ५१ जना घाइते भएका छन् । एउटा मिनीट्रक बससँग ठक्कर खाँदा बुधबार बिहान मध्य ट्युनिसियाको कासेराइन क्षेत्र नजिकै उक्त दुर्घटना भएको र दुर्घटनाका कारण १५ वटा कारमा समेत आगलागी भएको मन्त्रालयले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट ट्रक चालकले आफ्नो गाडीलाई रोक्न नसकेपछि बसमा ठक्कर खान पुगेको थियो । ट्रकले बस र सडकमा गुडिरहेका अन्य गाडीमा समेत धक्का दिएको बताइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक स्रोतमा घटनास्थलमा आगोको मुस्लो निस्केको दृश्य देखाइएको थियो भने राष्ट्रिय टेलिभिजनले जलेको अवस्थाका कार तथा अन्य गाडीलाई देखाएको थियो ।
सन् २०१६ को जनवरीदेखि मेसम्ममा एक करोड ११ लाख जनसङ्ख्या भएको उत्तर अफ्रिकी राष्ट्र ट्युनिसियामा ५२८ जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाएका छन् ।