Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

टोकियो – जापानमा यो साता तीजको रमझमले नेपालीहरु असाध्यै बेफुर्सदिला बनेका छन् । यो साताभरि नै जापानमा बिभिन्न संघसंस्थाले बिभिन्न स्थानमा तीज कार्यक्रम सम्पन्न गरेका छन् ।

मोना जापानको तीज
गत आइतवार म्याग्दी प्रवासी नेपाली संघ (मोना) को तीज कार्यक्रम सम्पन्न भयो । चेलीबेटीहरुलाई दरखुवाउने कार्यक्रम सहितको सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कार्यबाहक राजदूतकी धर्मपत्नी गंगा अर्यालले नेपाली महिलाहरुलाई तीजको शुभकामना दिनुभयो ।
अध्यक्ष महेन्द्र बानियाँको सभापतित्वमा भएको सो तीज बिशेष कार्यक्रममा मोना जापानकी उपाध्यक्ष इन्दिरा गर्बुजाले स्वागत गर्नुका साथै तीजको शुभकामना दिनुभयो भने सदस्य पवित्रा पुनले धन्यबाद ब्यक्त गर्नुभएको थियो । टोकियो रोधी क्लवको सभाहलमा भएको सो तीज बिशेष कार्यक्रममा रोधी क्लवका कलाकारहरु मिना लामा, शान्ति सुनार, सुमन परियार, चिजा तामाङ , सोना केसी, छबि पाण्डे. बम पुन, हिरा श्रीष लगायतको तीज बिशेष साँगीतिक प्रस्तुतीमा नेपाली चेलीहरु झुमेका थिए ।

12म नेपाली ग्रुपको तीज कार्यक्रम
सोही साँझ इकेबुकुरोमा म नेपाली ग्रुपद्वारा आयोजित दुई दिवसीय तीज महोत्सवको पहिलो दिन नेपालदेखि आमन्त्रित कलाकारहरु सुनिता दुलाल, प्रकाश कटुवाल र बैकुण्ठ महतले जापानका नेपाली चेलीहरुलाई भरपुर नचाएका थिए । यसैगरी महोत्सवको दोस्रो दिन बुधबार मेगुरो कुमिन सेन्टरमा उत्साहजनक दर्शकहरुको उपस्थितिमा तीज कार्यक्रम सम्पन्न भएको छ । आयोजक संस्थाकी संयोजक स्मृति आचार्यको सभापतित्वमा भएको तीज बिशेष साँगीतिक समारोहमा उपस्थित दर्शकहरुलाई कार्यक्रम संयोजक कमला काप्रीले स्वागत गर्नुभएको थियो ।
Ma Nepali
नेपाली साझा समाज गुन्माकेनको तीज कार्यक्रम
यसैगरी सोही दिन नेपाली साझा समाज गुन्माकेनले पनि तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । जापानका चर्चित कलाकारहरु सूर्य खड्का, बिनोद भण्डारी, सोना केसी, राजकुमार लामिछाने लगायतको तीज बिशेष साँगीतिक प्रस्तुतीमा दर्शकहरुले मनग्गे मनोरञ्जन लिएर तीज मनाएको सो सँस्थाका अध्यक्ष बुद्धि शेरचनले समुद्रपारिलाई बताउनुभयो ।
Gunmaगुल्मेली समाजको तीज कार्यक्रम
यसैगरी गत सोमबार गुल्मेली समाज जापानको तीज बिशेष कार्यक्रम टोकियोमा सम्पन्न भएको छ । सो अवसरमा चेलीबेटीहरुलाई दर खुवाउनुका साथै तीज बिशेष साँगीतिक माहौलमा उपस्थित महिलाहरु भरपुर मनोरञ्जन लिएका थिए । अध्यक्ष शालिकराम भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा सो समाजका सल्लाहकार रोशन केसी, एनआरएन आइसीसीका सदस्य कपिलदेव थापा, गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापा लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रममा डिजे जोन छन्त्यालको तीज बिशेष साँगीतिक संयोजन रहेको थियो ।***
Gulmeli

 

तपाईको प्रतिक्रिया