Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – व्यवस्थापिका–संसद्को विकास समितिले स्थानीय तहको संरचनालाई वैज्ञानिक र स्पष्ट मापदण्डका आधारमा छिटो निक्र्यौल गरी कार्यान्वयनमा लैजान आग्रह गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने स्थानीय तहको संरचनालाई छिटो निक्र्यौल गरी कार्यान्वयनमा लैजान सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

साथै, स्थानीय तहको निर्वाचनको लागि आवश्यक पर्ने कानुनको तत्काल मस्यौदा गरी संसदमा पेश गर्न समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देश गरेको छ । बैठकले स्थानीय विकासका सन्दर्भमा समितिले हालसम्म दिएका निर्देशनको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको भन्दै स्थानीय निकायका कामलाई अझ बढी प्रभावकारी ढङ्गबाट कार्यान्वयन गराउनेतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी नियमावली नहँुदा विकास कार्यक्रमको सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो नियमावली तयार गर्न पनि मन्त्रालयलाई आग्रह गरेको छ । समितिका सभापति रवीन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएकोमा हितराज पाण्डेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया