Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

दाङ  – दाङको बिजौरी गाबिसबाट प्रहरीले ४० थान बिस्फोटक पदार्थ डेटोनेटर र एक थान पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ ।

बिजौरी गाबिस वडा नम्बर ९ का कमल वलीको घरबाट एक थान कटुवा पेस्तोर र एक राउण्ड गोली र ओमप्रकाश पुनको घरबाट ४० थान बिस्फोटक पदार्थ डेटोनेटर बरामद गरिएको दाङका प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले बताउनुभयो ।

पेस्तोल हतियार देखाएर जवरजस्ती करणी गरि फरार रहेका ३३ वर्षिय धनवहादुर पुनले प्रयोग गरेको प्रहरीले बताएको छ । करणी गरि फरार रहेका धनवहादुर पुन पक्राउ परेपछि पेस्तोल राख्न सहयोग गरेका प्रेम वली र कमल वली पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

यस्तै द्वन्द्वकालमा माओवादीले छाडेका डेटोनेटर माछा मार्न प्रयोग गर्ने भन्दै घरमा राखेका ओमप्रकाश पुन पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया