Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं– भारतको दिल्ली प्रहरीले बालबालिकाको तस्करीमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले श्रीमान श्रीमती साइरा र हुसैनसहित उनीहरुका ६ जना सहयोगीलाई पक्राउ गरेको हो ।

Saira-and-Hussain

उनीहरुले नेपाल, पश्चिम बङ्गाल, ओडिसा, कर्नाटक, आसाम, आन्द्र तथा अरु राज्यबाट ५ हजार भन्दा बढि बालिका तस्करी गरेको दिल्ली प्रहरीले जनाएको छ । उनीहरुले अहिलेसम्म बालिका ओसारपसार तथा बिक्रि गरेर १ सय ६० करोड कमाएको प्रहरीको दाबी छ ।

उनीहरुले ५० हजार भारुमा बालिका किनेर २ लाख भारतीय रुपैयासम्ममा बेच्ने गरेको प्रहरीको भनाई छ । उनीहरुले ५० हजार भारुमा बालिका किनेर २ लाख भारतीय रुपैयासम्ममा बेच्ने गरेको प्रहरीको भनाई छ । उनीहरुलाई महाराष्ट्रको संगठित अपराध ऐनअन्तर्गत पक्राउ गरिएको भारतीय संचार माध्यम इण्डिया टुडेले जनाएको छ । पक्राउ परेकालाई सेप्टेम्बर २ तारिखसम्म न्यायिक हिरासतमा राखिने भारतीय प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया