Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

रोल्पा – भारतको सिमलामा एक हप्ता अघि ज्यान गुमाएका ६ जना नेपालीको परिचय खुलेको छ ।

बाढीका कारण ज्यान गुमाउनेमा रोल्पाको तालाबाङ–४ रिजाबाङका लक्षिराम पुनमगर, उहाँकी श्रीमती देउकली, ११ वर्षका छोरा परशु, ६ वर्षका छोरा सुरज, ७ वर्षकी छोरी सुनिता र ४ वर्षका छोरा कर्णबहादुर रहेको प्रहरीले जनाएको छ ।

लक्षिरामको परिवार १५ वर्ष अघिदेखि भारतको हिमाञ्चल प्रदेशको सिमला नजिकै रहेको रामपुर गाउँमा आलु खेती गर्दै आएका छिमेकी वीरबहादुर घर्तीले जानकारी दिनुभयो ।

भारतबाट दाङमा रहेका आफन्तलाई उनीहरुको ज्यान गएको फोन आएपछि थाहा भएको घर्तीले बताउनुभयो । गरिबीका कारण रोल्पाका धेरै भारतको हिमाञ्चलमा आलु तथा स्याउ बोक्न जाने गर्दछन् ।

तपाईको प्रतिक्रिया