Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

ROSHAN KC KC OK OK OKटोकियो – नेपाली जनसम्पर्क समिति जापानको बिबादित निर्वाचन र त्यसको मतपरिणाम घोषणा सम्बन्धमा चुनाव बहिष्कार गरेका सभापतीका उम्मेदवार रोशन केसीले बिघटित निर्वाचन समितिका १ सदस्यद्वारा मत परिणाम घोषणा गरिनु हास्यास्पद र गैरजिम्मेवारीपनको पराकाष्ठा भन्दै नेपाली कांग्रेस पार्टी कार्यालयको ध्यानाकर्षण गराएका छन । केसीले एक बक्तब्य मार्फत एकलौटी एवं फर्जी विवरण सहितको तथाकथित नतिजा घोषणा गरेर नेपाली जनसम्पर्क समिति जापानका केही साथीहरुले नेपाली कांग्रेस पार्टीको नीति, विधान र सिद्धान्तको बर्खिलाप गरेको आरोप लगाएका छन ।

केसीद्वारा प्रेषित बक्तब्यको पूर्ण पाठ :
नेपाली जनसम्पर्क समिति जापानको छैठौ अधिवेशनको निर्वाचन प्रक्रियाको प्रारम्भिक चरणमै चुनावमा प्रभाव पार्ने मनसायले कांग्रेसको विधानमा नै नभएको क्रियाशिल सदस्यहरुलाई स्थानान्तर गरी निर्बाचनमा सहभागी गराइएको कारणबाट निर्वाचनमा म लगायत मेरो समुहको उम्मेदवार साथीहरुद्वारा अबैधानिक निर्वाचनमा सहभागि नहुने भनि बहिष्कारको नीति लिएका थियौ ।

साथै नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट पनि नेपाली कांग्रेसको विधानमा नै नभएको क्रियाशिल सदस्यहरुलाई स्थानान्तर गरी निर्बाचनमा सहभागी नगर्नु, नगराईनु भन्ने निर्देशन हुनुका साथै, अगष्ट २३, २0१६ मा उक्त निर्वाचन पूर्ण-रुपमा अबैधानिक देखिएकोले, तत्काल निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गरी केन्द्रलाई जानकारी गराउनका लागि स्पष्ट निर्देशन आएको कुरा पनि सबैलाई जानकारी भएको नै हो । तत्पश्चात नेपाली जनसम्पर्क समिति जापानको छैठौ अधिवेशनको निर्वाचनको पूर्ण नैतिक जिम्मेवारी लिदै, निर्बाचन समितिका संयोजक श्री महेशकुमार श्रेष्ठज्यूले निर्बाचनका सम्पूर्ण प्रक्रिया खारेजी भएको घोषणा गर्दै राजीनामा गरेको अबस्थामा, विघटित निर्बाचन समितिका एक सदस्यले नेपाली कांग्रेस केन्द्रिय कार्यालयको आधिकारिक निर्देशन र भावना विपरित खारेजी मतपत्र गणना गरी, एकलौटी परिणाम घोषणा गर्ने कार्य आफैमा हास्यास्पद र ग़ैर-जिम्मेवारीपनको पराकाष्टा हो ।

कुल ९ निर्वाचन क्षेत्र मध्ये ४ स्थानको मात्र निर्वाचन, त्यो पनि एकलौटी एवं फर्जी विवरण सहितको तथाकथित नतिजा घोषणा गरेर नेपाली जनसम्पर्क समिति जापानका केहि साथीहरुले नेपाली कांग्रेस पार्टीको नीति, विधान र सिद्धान्तको बर्खिलाप गर्नुका साथै केन्द्रको निर्देशनको अबज्ञा र प्रजातन्त्रिक पद्दतिको उपहास गर्ने जुन कार्य भएको छ त्यसमा मेरो घोर आपत्तिका साथ खेद प्रकट गर्दै नेपाली जनसम्पर्क समिति जापान मार्फत नेपाली कांग्रेस केन्द्रिय कार्यालयको ध्यानाकर्षण गराउन चाहन्छु ।
जयनेपाल

रोशन केसी
सभापतिका उम्मेदवार
छैठौ महाधिवेशन
नेपाली जनसम्पर्क समिति जापान

तपाईको प्रतिक्रिया