Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान कार्यान्वायन र स्थानीय तहको चुनावप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गरेको छ ।

सोमबारको संसद बैठकमा एमालेका तर्फबाट बोल्दै सांसद रविन्द्र अधिकारीले संविधान कार्यान्वायन र स्थानीय चुनावको तयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । एमालेले सरकार संविधान कार्यान्वायन नगर्ने मनसायका साथ अघि बढेको आरोप लगाएको छ ।

अधिकारीले भन्नुभयो, ‘प्रधानमन्त्रीले संविधान संशोधन गर्ने कुरा गरिरहनुभएको छ । यो संविधानको संशोधन होइन कार्यान्वायन गर्ने बेला हो । कार्यान्वायका लागि एमाले सरकारलाई सहयोग गर्न तयार छ ।’ स्थानीय तहको चुनाव नभए देश संवैधानिक र राजनीतिक संकटमा फस्ने एमालेले चेतावनी दिएको छ ।

‘संविधान कार्यान्वायन नभए हामी फेरि लड्छौं । त्यो बेला उठेर अघि बढ्न निकै कठिन हुनेछ’ अधिकारीले भन्नुभयो, ‘सरकार र देशको भविष्यका लागि चुनाव र संविधान कार्यान्वायन अति आवश्यक छ ।’

तपाईको प्रतिक्रिया