Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

टोकियो – ’सामाजिक सञ्जालमा यो साताका चर्चित तीन थापा’ भन्ने समुद्रपारि डट कममा प्रकाशित आलेखमा गल्कोट समाज जापानका नवनिर्वाचित अध्यक्ष नरबहादुर थापाको प्रसंगमा केही बुँदाहरुमा असमझदारी उत्पन्न भएकोले उक्त अभिब्यक्ति प्रति आत्मालोचित हुँदै त्यसबाट पर्न गएको असुबिधाका लागि क्षमायाचना गर्दछौं ।

आलेखमा आशय र भाव कुनै संस्था वा ब्यक्तिप्रति लक्षित वा भावनामा ठेस पुर्‍याउने नियतवश नभएर पदीय दायित्व संगै जिम्मेवार हुन सम्बन्धित सबैलाई सजग बनाउने आशयले भए पनि बिषय र प्रसंगले गलत अर्थ लाग्न गएमा कुनै असमझदारी उत्पन्न नहोस् भन्नेमा अत्यन्त सचेत हुंदै उक्त बिषयकै कारण यदि कसैको भावनामा ठेस पुग्न गएको भए क्षमायाचना गर्दै आगामी दिनमा थप जिम्मेवार ढंगले प्रस्तुत हुने बिश्वास दिलाउन चाहान्छौं ।

समुद्रपारि डट कम दशकौंदेखि जापानमा रहेको नेपाली समुदायको हित, एकता, मेलमिलाप र भाइचाराकै पक्षमा सँधै अडिग रहँदै आएको सर्बबिदितै छ, समुदायमा दरार आउने र भ्रम सिर्जना हुने खालका समाचार, सामाग्री प्रति थप सजग रहने बिश्वास दिलाउँदै तपाई पाठकहरुको जायज आवाज र भावनाको सँधै कदर गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।  ***

तपाईको प्रतिक्रिया