Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

/IffdGqLnfO{ dGqfnodf :jfut gjlgo'Qm /IffdGqL afns[i0f vf+8nfO{ /Iff dGqfnodf z'qmaf/ :jfut ub}{ k|wfg;]gfklt /fh]Gb| IfqLnufot . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँं – नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँणले राष्ट्रियताको सम्बद्र्धन, नेपाली जनताको स्वतन्त्रता र सुरक्षाका लागि नेपाली सेनाले गौरवशाली भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहालीपछि मन्त्रालय र मातहतको नेपाली सेनाको उच्च अधिकारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो–“मुलुकको संविधान र कानुन कार्यान्वयनमा पनि नेपाली सेनाबाट महत्वपूर्ण भूमिका निर्वाह हुँदै आएको छ ।’’ अन्तर्राष्ट्रिय जनतामा समेत सेनाले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाइरहेको उल्लेख गर्दै नवनियुक्त रक्षामन्त्री खाँणले भन्नुभयो–“नेपाली जनतामा सेनाप्रति जुन विश्वास छ, मुलुक र जनताको भनाइ गर्छ, सुरक्षा दिन्छ भन्ने त्यो विश्वासलाई अझै बढाउने कार्यलाई मूर्तरुप दिनुपर्छ ।” नेपाली सेना र जनताबीच रहँदै आएको आत्मीय सम्बन्ध विस्तार गर्ने, सङ्गठनलाई आधुनिकीकरण गर्ने, सुदृढ तुल्याउने गौरव र प्रतिष्ठा बढाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उहाँले नेपालको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखण्डता र नेपाली जनताको सुरक्षामा नेपाली सेनाले गरेको कार्यमा सहयोग पु¥याउनु हामी सबैको दायित्व हो भन्नुभयो ।
स्याङ्जाको मल्याङकोट गाविसमा २०१७ सालमा जन्मिएका नवनियुक्त मन्त्री खाँण २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा रुपन्देही जिल्लाको क्षेत्र नं ३ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा पार्टीका तर्फबाट युवा पुस्ताको पटकपटक नेतृत्व गर्नुभएका खाँण नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलको पूर्व अध्यक्ष हुनुहुन्छ । नेपाली काँग्रेसका केन्द्रीय समिति सदस्यसमेत रहनुभएका नवनियुक्त रक्षामन्त्री खाँणले यसअघि २०६६ सालमा सिँचाइ मन्त्री र २०६१ सालमा शिक्षा राज्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया