Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – काठमाडौं महानगरपालिका–३४ शङ्खमूल प्रगतिनगरस्थित टहरामा रहेको सोफा बनाउने फर्म गोदाममा ग्रिल वेल्डिङ गर्ने क्रममा आज दिउँसो आगलागी हुँदा करिब रु १५ लाख बराबरको धनमालको क्षति भएको छ ।

आगो नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी हवल्दार विष्णुप्रसाद फुयाँल र फर्निचर गोदाम सञ्चालक सर्लाही त्रिभुवननगरका महमद सहम आलम घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि सिभिल अस्पताल बानेश्वर लगिएकामा पछि फुयाँललाई थप उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बु लगिएको थियो । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोली र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

यसैबीच, काठमाडौँ बल्खुस्थित दक्षिणकाली पेट्रोल पम्पमा इन्धन अनलोड गर्ने क्रममा आज साँझ आगलागी हुँदा पम्पमा कार्यरत दुईजना घाइते भएका छन् । आगलागीमा परी पम्पका कर्मचारी शिव महर्जन र तेल खन्याउन आएको ट्याङकरका चालक घाइते भएका हुन् ।

तपाईको प्रतिक्रिया