Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

टोकियो – आज  जापानमा फेरि अर्को एक जना नेपालीको उच्च रक्तचापबाट निधन भएको छ ।

आफ्नै रेष्टुरेन्टमा काम गरिरहेको बेला आज अपरान्ह ३ बजेतिर अचानक ढल्न पुगेका चितवनका डम्मरबहादुर निउरेको एम्बुलेन्स बोलाई अस्पताल लैजादैं गर्दा बाटैमा निधन भएको स्रोतले बतायो ।

ताचीकावा नजिकै पर्ने मुसासी सिनागावा भन्ने ठाउँमा रेष्टुरेन्ट ब्यवसाय गर्दै आएका निउरेको उच्च रक्तचाप (ब्रेन ह्यामरेज) का कारण मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।   बिगत १० वर्षदेखि जापानमा रहेका ५३ वर्षिय निउरेका  ३ भाइ छोराहरु र श्रीमती पनि जापानमै छन् । स्व. निउरेको शव मंगलबार नेपाल पठाईने भएको छ । निउरे बागलुङ हटियाबाट बसाई सराई गरी चितवन  झरेका हुन ।

एकजना विद्यार्थी रमेश तामाङको उच्च रक्तचापबाट एक हप्ता अगाडि निधन भई हिजो मात्र शव नेपाल पठाएको घटना सेलाउन नपाउँदै अर्को घटनाले जापानबासी नेपालीहरुलाई सतब्ध तुल्याएको छ । ***

तपाईको प्रतिक्रिया