Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

mantriकाठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट मन्त्रिमण्डलमा जाने थप चार मन्त्रीको टुंगो लगाएउनु भएकाे छ। अरू मन्त्रीको नाममा भने अझै छलफल जारी छ।

देउवा निकट स्रोतका अनुसार कांग्रेस भित्र आफ्नो समूहको तर्फबाट अर्जुननरसिंह केसी शिक्षा, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँण रक्षा मन्त्रालयको जिम्मा पाउने पक्का भएको छ।

हुम्लाका सांसद जीवनबहादुर शाही पनि मन्त्री बन्ने पक्का भएको छ, तर उनको मन्त्रालय टुंगो लागिसकेको छैन। देउवाले शाहीलाई पर्यटन मन्त्री बनाउन चाहे पनि रामचन्द्र पौडेल पक्षले सो मन्त्रालयमा दाबी गरेको कारण उनको मन्त्रालय टुंगो नलागेको हो। पर्यटन नभए शाहीलाई बन मन्त्रालय पठाउने सम्भावना छ।

देउवाले आफ्नो पक्षबाट जम्मा पाँच जना फुल मन्त्री पठाउनु हुनेछ। बाँकी एक मन्त्रीमा केशबकुमार बुढाथोकी, फरमुल्लाह मन्सुर, भिष्मराज आङदम्बे मध्ये कसलाई श्रम मन्त्री बनाउने भन्ने टुग्याउन उहाँलाई मुश्किल परेको उहाँ निकट नेताले बताउनु भएकाे छ । उहाँका अनुसार केन्द्रीय सदस्यमा मनोनित झापा क्षेत्र नम्बर ६ का सांसद बुढाथोकीले मन्त्री बन्ने अवस्थामा केन्द्रीय सदस्य छाड्न तयार भएको जानकारी सभापतिलाई दिईसक्नु भएकाे छ ।

पौडेल पक्षले सभापति देउवासँग ५ मन्त्री र ४ राज्यमन्त्री माग गरिरहेको छ। तर देउवाले संसदीय दलको निर्वाचनमा पौडेलले पाएको ३२ प्रतिशतको आधारमा ३ मन्त्रालय दिने बताएपछि पौडेल पक्ष रूष्ट बनेको छ। सभापति देउवाले अहिले ४ मन्त्री र २ राज्यमन्त्री पौडेल पक्षबाट नियुक्त गर्न आफू तयार भएको सन्देश लिएर महामन्त्री शशांक कोइरालासँग कुरा गर्न उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई पठाउनु भएकाे छ ।

सरकारमा सहभागी हुने आफू पक्षका मन्त्रीहरूको नाम टुंगो लगाउन पौडेल पक्ष बुधबार बिहानैदेखि छलफलमा जुटिरहेको छ। यो पक्षले पर्यटन, शहरी विकास, शिक्षा, सामान्य प्रशासन र शान्ति मध्येबाट पाउनुपर्ने दाबी गरिरहेको छ। पौडेल पक्षबाट कोषाध्यक्ष सितादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरीको सम्भावना बढी छ।

पौडेलले कमला पन्त र बलबहादुर केसीलाई पनि मन्त्री बनाउन चाहे पनि चारवटा मन्त्रालय हुँदा मिलाउन सकिरहेका छैनन्। जातजाति र समुदायको प्रतिनिधित्व मिलाउन रोमी गौचन थकालीको नाम पनि अगाडि छ। कृष्णप्रसाद सिटौलाको तर्फबाट गगन थापा, भीमसेन दास प्रधान र सुधिर सिवाकोटी मध्ये एक र खुमबहादुर खड्का पक्षबाट शंकर भण्डारीको सम्भावना छ। पौडेल पक्षले नाम टुंगो लगाएमा आज अपरान्ह ३ बजेसम्म शपथ गराउने देउवा पक्षको तयारी छ।

कांग्रेसबाट राज्यमन्त्रीमा मिनबहादुर विक, ध्यान गोविन्द रञ्जित, तारामान गुरूङ, कन्चन बादे, किरण यादव, संजय गौतम, अब्दुल रज्जाक मध्येबाट पठाउने सम्भावना छ। राज्यमन्त्री अहिलेनै बनाउने वा सभापति देउवा सिंगापुरबाट फर्के पछि बनाउने भन्ने पनि टुंगो लाग्न बाँकी नै छ।

तपाईको प्रतिक्रिया