Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – भारत भ्रमणबाट फर्केका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भ्रमण सफल रहेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रुपमा भारत भ्रमण गरी फर्कने क्रममा मन्त्री निधिले विमानस्थलमा पत्रकारसित कुरा गर्दै भ्रमण उपलब्धी मुलक भएको दावी गर्नुभयो ।

भारत भ्रमणमा रहँदा निधिले भारतीय राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका भारतीय उच्च नेताहरुसँग भेटघाट गर्नुभएको थियो ।

भ्रमणका क्रममा निधिले भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल भ्रमणको निम्तो पनि दिनु भएको छ । उहाँको भ्रमणका क्रममा प्रधानन्त्री दाहालको भारत भ्रमणको समय पनि तय भएको छ ।

तपाईको प्रतिक्रिया