Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

सर्लाही – जिल्ला मालपोत कार्यालय सर्लाहीमा मंगलबार बिहान आगलागी भएको छ । सदरमुकाम मलंगवामा रहेको मालपोत कार्यालय बाहिर लेखन्दास बस्ने टहरा र फोटोकपी गर्ने पसलमा आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागीका कारण नरेश साह र राजकिशोर साहको तीन वटा फोटोकपी पसलमा क्षति पुगेको सर्लाहीका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीमा केही कागजात जलेर नष्ट भएका छन् । आगलागीका कारण झण्डै १० लाख रुपैयाँ बराबरीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहान सबा ५ बजेदेखि सुरु भएको आगलागी प्रहरी र मलंगवानगरपालिकाको दमकलको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया