Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले भारतमा दूत पठाएर संविधान संशोधनबारेमा छलफल गर्नु गलत भएको बताउनुभएको छ ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा उहाँले नेपालका मामिलामा दूत पठाएर भारतमा छलफल गर्नाले नेपालको सार्वभौमिकतामाथि ठूलो धक्का पुग्ने बताउनुभयो । वर्तमान सरकारले काठमाडौँलाई तराईसँग जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा भारतलाई दिन खोज्नु गलत भएको टिप्पणी गर्दै उहाँले नेपालको विकास निर्माणको काम गर्न नेपालले नै अग्रसरता देखाउनुपर्नेमा जोड दिनुभयो । सांसद बिजुक्छेले महिना दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारबाट संविधान कार्यान्वयनको अपेक्षा गर्न नसकिने बताउँदै भन्नुभयो, “एक महिना बित्न लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने प्रधानमन्त्री प्रचण्डबाट धेरै अपेक्षा गर्न सकिन्न, तीन महिना सरकारले पूर्णता पाउन लाग्छ, तीन महिनापछि अर्को सरकार गठनको प्रक्रिया सुरु गर्न लाग्छ, यो सरकारले संविधान कार्यान्वयन गर्न सक्दैन ।”
राज्य पुनःसंरचना र सीमाङ्कनमा समस्या भए त्यसमा अल्झेर बस्न नहुने बताउँदै उहाँले अहिलेकै संरचनालाई आधार मानेर भए पनि स्थानीय निकायको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया