Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – विवकेशिल नेपालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय सूचना आयोगमा उजुरी हालेको छ ।

आफूले कार्कीको सम्पत्ति विवरण माग गर्दै पटक पटक अख्तियारमा निवेदन दिँदा पनि उसले निवेदन दर्ता गर्नसमेत अस्विकार गरेका कारण सूचना आयोगमा उजुरी गर्नु परेको विवेकशिलका अभियन्ता शशिविक्रम कार्कीले बताउनुभयो ।

सूचनाको हक सम्बन्धी अधिकारको उपयोग गर्दै विवेकशील नेपालीले लोकमान सिंह कार्कीको सम्पत्ति विवरण माग गर्दै अख्तियारको कार्यालय अगाडी दवावमुलक कार्यक्रम गर्दै आएको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार सार्वजनिक पद धारण गरेका कुनै व्यक्तिले नागरिकहरुले मागेको खण्डमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्दछ । अख्तियारले प्रमुख आयुक्तको सम्पत्ति विवरण सार्वजनिक गर्नुको साटो, हरेक पटक सम्पत्ति विवरण माग गर्न जाने अभियन्ता तथा विवेकशील नेपालीका समर्थकलाई प्रहरीले पक्रँदै आएको छ ।

देशमा सुशासनको लागि मार्ग दर्शक बन्नु पर्ने संवैधानिक निकाय आफैले आफ्ना प्रमुखको सम्पत्ति विवरण सार्वजनिक नगर्नुले संस्थाकै विश्वसनियता तथा प्रतिष्ठामा प्रश्न उठेको छ ।

तपाईको प्रतिक्रिया