Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं –उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा पाकिस्तान भ्रमणमा जानुहुनेभएको छ । महरा सार्क अर्थमन्त्रीहरुको बैठकमा भाग लिन पाकिस्तान जान लाग्नुभएको हो ।

सार्क अर्थमन्त्रीहरुको बैठक इस्लामावादमा बिहीबार र शुक्रबार हुनेछ । हालैमात्र प्रधानमन्त्रीको विशेष दूत बनेर चीन गएर फर्किएका महरा बुधबार पाकिस्तान जाने उहाँको निजी सचिवालयले जनाएको छ ।

सार्क अर्थमन्त्रीहरुको बैठकमा भारतीय अर्थमन्त्री अरुण जेट्ली सहभागी हुन (नहुने अन्यौल छ । केही समय पहिले भारतीय सञ्चार माध्यमहरुले सार्क अर्थमन्त्रीहरुको बैठकमा नजाने दाबी गरेका थिए ।

तपाईको प्रतिक्रिया