Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

बैतडी – सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा सोमबारदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिवलाई श्रीमानको रुपमा प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार ब्रत बसेको विश्वासमा यो पर्व मनाउने गरिन्छ ।

गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको हो । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुर्हतमा सामूहिक रुपमा बिरुडा धुन्छन् ।

सप्तमीका दिन गौरा देविलाई नजिकको मठमन्दिरमा डालोमा स्थापना गर्ने चलन छ । गौरा भित्रयाएर पूजाअर्चना गरि महिलाहरुले दुबो धागो चढाउने गर्छन् । दुर्वाष्टमी अर्थात गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलोमा फाग गाएर पूजाआजा गर्छन् ।

तपाईको प्रतिक्रिया