Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

Morcha Morcha okटोकियो – केही दिन अगाडि टोकियोमा रक्तचापका कारण मृत्यु भएका बिद्यार्थी रमेश तामाङको शव नेपाल पठाउनका लागि जापानमा बिभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् ।

यसै क्रममा नेकपा माओबादी केन्द्रको जापानस्थित भ्रात्तृसंगठन नेपाली जनप्रगतिशील मोर्चाले पनि आर्थिक सहयोग गरेको छ । मोर्चाका आर्थिक संयोजक मोहन पौडेलका अनुसार मोर्चाका सक्रिय सदस्यहरुद्वारा ७८ हजार ५ सय येन संकलन गरी नेपाल तामाङ समाजका कोषाध्यक्ष तारा तामाङलाई हस्तान्तरण गरिएको छ ।

स्व. तामाङको परिवारबाट शव नेपाल पठाईदिन अनुरोध भईआएको र जापानबाट नेपाल शव पठाउन अत्यधिक महंगो पर्ने भएकोले जापानका संघसंस्थाहरुले सहकार्य गरी सहयोग जुटाउन लागिपरेका हुन् । यस किसिमको संबेदनशील अवस्थामा सक्दो सहयोग गर्नु मानवीय दायित्व सम्झी मोर्चाले पनि सहयोग गरेको आर्थिक संयोजक पौडेलले बताए । ***

तपाईको प्रतिक्रिया