Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

Nepalese Hindus women, dressed in red, dance at the Pashupatinath temple, during Teej festival celebrations in Katmandu, Nepal, Friday, Sept. 14, 2007. On this festival, Nepalese Hindu women fast for 24 hours and call on the Gods to protect and honor their husbands, in the hope of a long and happy married life. (AP Photo/Binod Joshi)

टोकियो – हरेक वर्ष झैँ यस बर्ष पनि एनआरएन कान्साईको आयोजना तिज बिशेष कार्यक्रम हुने भएको छ्र । हरेक बर्ष नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा कान्साई वरपर रहनु भएका चेलिवेटीहरुलाई निःशुल्क दर ख्वाउने कार्यक्रम गर्दै आएको एनआरएन कान्सार्इले यसपटक भने नेपालबाट कलाकार ल्याई भव्य रुपमा सांस्कृतिक कार्यक्रम पनि गर्ने भएको छ । कान्साई क्षेत्रमा सक्रिय संघसंस्थाहरुलाई कार्यक्रममा एेक्यबद्धता जनाई सहयोग गर्न एनआरएन कान्सार्इले अनुरोध गरेको छ । सोही बमोजिम यसपालीको तिज विशेष कार्यक्रममा चितवन समाज जापान (कान्साई), बिहुँकोट समाज जापान (कान्साई) र जिग्री दोहोरी साँझ ओसाकासहितको सहकार्य र सहयोगमा कार्यक्रम सञ्चालन हुन लागेको एनआरएन कान्साईका सचिव अनुप पौडेलले जानकारी गराउनु भयो ।
यहि आउँदो सेप्टेम्बर महिनाको ३ तारिखका दिन शनिबार ओसाकाको मिनातो कुमिन सेन्टर बेन्तेंचोमा हुने तिज विशेष कार्यक्रममा लोक गायक प्रकाश सपुत र गायिका सम्झना भण्डारी विशेष आकर्षणको रुपमा रहनेछ । त्यसैगरि, कार्यक्रममा स्थानीय कलाकार दुर्गा मरासिनी, भूमिराज दवाडी र कुलबीर थापाले पनि विभिन्न लोकगीतहरु प्रस्तुत गर्ने बताइएको छ ।
साँस्कृतिक कार्यक्रम समापन पश्चात नारीहरुलाई दर खुवाउने कार्यक्रम राखिएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया