Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं– उद्योगी विनोद चौधरी एसियन म्यान अफ द इयर अवार्डबाट सम्मानित हुनुभएको छ । अमेरिकाको मानवतावादी संस्था वी केयर फर ह्युम्यानिटिले भूकम्पका बेला चौधरीको नेतृत्वमा संचालित परोपकारी कामको सम्मान स्वरुप उहाँलाई एसियन म्यान अफ द इयर अवार्डबाट प्रदान गरिएको हो ।

1799437905Binod_Chaudhary.jpg

वी केयर फर ह्युम्यानिटी को तेश्रो शिखर सम्मेलन तथा चौथो ग्लोवल अफिसियल्स अफ डिग्निटी अवार्ड का अवसरमा न्यूयोर्कमा भएको कार्यक्रममा विनोद चौधरीलाई सम्मान गरिएको हो । चौधरी फाउन्डेसनले भूकम्पपछि तत्काल राहतका कार्यक्रम संचालन गर्नुका साथै पीडितका लागि अस्थायी बस्ने स्थान तथा भूकम्प प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण लगायत कार्य गरिरहेको छ ।

चौधरीसँगै मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, भारतीय नेतृ तथा तमिलनाडुका मुख्यमन्त्री जयललिता, युगोस्लाभियाका चौधौं राष्ट्रपति स्टेपन मेसिक, केन्याका दशौं उपराष्ट्रपति स्टेफन कालोन्जो मुस्योका, इक्वेडरका पूर्व राष्ट्रपति रोजालिया आर्टिगालाई पनि विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया