Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – ललितपुरको वुद्ध विहारबाट ४ सय वर्ष पुराना वुद्धका मूर्ति चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १० गते ललितपुरको नौदोबहालस्थित वुद्ध विहारबाट ४ सयवर्ष पुरा मूर्ति चोर्ने काभ्रे भिमपोखरी ३ का गणेश श्रेष्ठ, बनेपाका मिनबहादुर खत्री र रामेछाप गाउँसराका मिनबहादुर मगर पक्राउ परेका हुन् ।

प्राचिन ४ सय वर्ष पुराना २ वटा मूर्ति र देवताका गहनाहरू चोरी गर्ने तीन जनालाई नै पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिनुभयो ।उहाँका अनुसार पक्राउ परेका गणेश श्रेष्ठ व्यवसायिक चोर हुन् । उनी चोरी गरेका सामान आफैँ बेच्ने भन्दा पनि उनी भाडामा चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । श्रेष्ठले चोरी गर्नुपुर्व ३५ हजार पेस्की लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीका तीन अभियुक्तलाई पक्राउ गर्नासाथ चोरी भएका मूर्तिहरु गुम्बा परिसरमा झोलामा ल्याएर फालिएको थियो । प्रहरीका अनुसार ४ सय वर्ष पुराना मूर्ति गणेशको समूह आफँैले बेच्ने गरी चोरी गरेको होइन । पक्राउ परेका मिन केसीको जिम्मा चोरी भएका मूर्तिहरू बिक्री गर्न विदेशी समूह खोज्ने रहेको प्रहरीले जनाएको छ । मानबहादुर मगरको जिम्मा चोरी गरेका मूर्ति भनेको स्थानसम्म पुर्याउने मात्र रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया