Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – धादिङ समाज जापानको दोश्रो अधिवेशनले कृष्ण प्रसाद खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आज टोकियोको सिनओकोबु स्थित नेपाली मुरा हलमा सम्पन्न अधिवेशनले खनालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जसमा उपाध्यक्षहरु श्यामहरि तिमिल्सिना, लक्ष्मी पाण्डे र बिनोद खतिवडा रहेका छन् । त्यस्तै महासचिवमा दिनेश लोहनी, सचिबमा बिमल श्रेष्ठ र कोषाध्यक्षमा राम सिंखडा चयन भएका छन् ।

dhadhing

सदस्यहरुमा बिष्णुकुमार श्रेष्ठ, सुमन थापा, साजन बस्ताकोटी, अनिता तिमिल्सिना, शंकर रिमाल, सन्तोष तिवारी, पार्वती ढकाल ‘न्यौपाने’ र फणिकान्त आचार्य रहेका छन् ।

अधिवेशनको खुल्लासत्रमा, प्रमखु अतिथि डा होमबहादुर रिजालले आफ्ना अनुभवहरु राख्दै संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै संस्थापक तथा निवर्तमान अध्यक्ष तेजप्रसाद अर्यालले पनि हालसम्म आफुले पदमा रहेर सकेको काम गरेको र अव पद बाहिर रहेर पनि सक्दो सहयोग गरिरहने बताए ।

अधिवेशनको संयोजन निवर्तमान महासचिव राजेन्द्र श्रेष्ठले गरेका थिए भने निवर्तमान उपाध्यक्ष अनुज थापाले निर्वाचन समितिको संयोजन गरेका थिए । धादिङ समाज धादिङ जिल्लाका विभिन्न स्थानहरुबाट आएर विभिन्न उद्देश्यले जापानमा बासोबास गर्दै आएका धादिङेहरुलाई एकत्रित गरी उनिहरुका भईपरी आउने समस्याहरु समाधान गर्ने तथा धादिङका भौतिक विकास एवं सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले सन २०१३ मा स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया