Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेपाली काँग्रेसले स्थानीय निकाय पुनः संरचनाको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन जिल्ला सभापतिहरुको भेला आयोजना गरेको छ ।
नयाँ संविधानको व्यवस्था अनुसार स्थानीय निकाय पुनःसंरचना आयोगले गाविस संख्या घटाएपछि काँग्रेसले आज र भोली जिल्ला सभापतिहरुको धारणा बुझ्न भेला आयोजना गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले आज बिहान ९ बजे बानेश्वरस्थित आनन्द इभेन्ट पार्टी प्यालेसमा भेला उद्घाटन गर्नुहुने छ । काँग्रेसले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यलाई भेलामा अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ ।
गाँउपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारणका अतिरिक्त वर्तमान राजनीतिका विविध सन्दर्भमा आज र भोली ७५ वटै जिल्लाका सभापतिको बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।
पुनःसंरचना आयोगले हाल रहेका गाविस र नगरपालिकाको संख्या कटौती गर्दै जम्मा ५ सय ६५ मात्र बनाउने सिफारिस गरेको छ । एकैपटक ठूलो मात्रामा गाविस संख्या घटाउन नहुने भन्दै मुलुकको भौगोलिक अवस्थालाई ख्याल गर्नुपर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया