Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

nepali sajha samajटोकियो – अध्ययनको सिलसिलामा जापान आउनु भएका रमेश तामाङको असामयिक निधन प्रति नेपाली साझा समाजले गहिरो दुःख व्यक्त गरेको छ ।
सिन्धुली जिल्ला लाम्पन डाँडाँ ५ स्थायी घर भई हाल अध्ययनको सिलसिलामा टोक्यो स्थित ईकेबुकरोको एपियस कलेजमा अध्ययनरत रमेश तामाङको असायमिक निधन भएको थियो । साथै, समाजले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ ।
नेपाली साझा समाजको तर्फबाट मृतक तामाङको पार्थिव शरिर नेपाल पठाउन विभिन्न संघसंस्थाद्वारा गरिएको आर्थिक सहयोगको अपीललाई होस्टेमा हैसे गर्दै छ्यालिस हजार जापानी येन सहयोग समेत गरेको छ ।

तपाईको प्रतिक्रिया