Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

Nepali-Janasamparka-Samiti-Japanटोकियो – नेपाली काँग्रेसको जापानमा रहेको भ्रात्तृसंगठन नेपाली जनसम्पर्क समितिको अन्यौलमा परेको निर्बाचन अन्तत: आजै हुने भएको छ । तर अध्यक्षका उम्मेदवार लालबहादुर केसी (रोशन) प्यानलले भने निर्बाचनमा भाग नलिने घोषणा गरेको छ ।

जिल्लाबाट स्थानान्तरण भईआएका मतदाताका सम्बन्धमा गम्भीर मतभेद उत्पन्न भए पछि सुरु भएको विवाद उत्कर्षमा पुगेको थियो । त्यस बिषयमा नेपाली काँग्रेसको केन्द्रिय कार्यालयबाट प्राप्त निर्देशन पत्रमा बिदेशको हकमा क्रियाशील सदस्य स्थानान्तरणको प्रावधान बिधानमा नभएकोले सो अनुसार गर्नु गराउनु भन्ने उल्लेख छ । यद्यपि मौजुदा कार्यसमितिले स्थानान्तरण भईआएका क्रियाशील सदस्यहरुलाई पनि मताधिकारको अधिकार हुने निर्णय यसअघि नै गरेको थियो । यस प्रकारको जटिल परिस्थितिमा निर्बाचन हुनुपर्ने र स्थगन गरिनुपर्ने भन्ने दुई पक्षीय प्यानलबीच मत बाझिएपछि निर्बाचन समितिले गएराती निर्बाचनका क्रममा उत्पन्न बिबाद सल्टाउन भनि गठित उच्चस्तरिय विवाद समाधान समितिको बैठक राखेको थियो । बैठकले पार्टी केन्द्रको नभई जनसम्पर्क समितिको आफ्नो बिधानमा टेकेर निर्बाचन गराउन सकिने निश्कर्ष निकालेपछि लामो रस्साकस्सी बीच निर्बाचन समितिले निर्बाचन गराउने घोषणा गरेको संयोजक महेशकुमार श्रेष्ठले बताए । सोहीअनुसार निर्बाचनको तैयारी गरिसकिएको उनले बताए । पार्टीको केन्द्रिय कार्यालयको निर्देशन पत्र बमोजिम निर्बाचन नगराउनु भन्ने अर्थ नलाग्ने भएकोले आफ्नो बिधान बमोजिम निर्बाचन गर्ने निर्णयमा पुगिएको उनले बताए ।

उता केसी प्यानलले भने पार्टीको निर्देशनलाई अपब्याख्या गर्दै भएको उक्त निर्णय मान्य नहुने भन्दै निर्बाचनमा भाग नलिने घोषणा गरेको छ । अध्यक्षका उम्मेदवार केसीद्वारा निर्बाचन समितिलाई सम्बोधन गरेको समुद्रपारिलाई प्राप्त पत्र जस्ताको तस्तैः

श्रीमान निर्वाचन संयोजक ज्यु
निर्वाचन समिति
नेपाली जन सम्पर्क समिति जापान

बिषय: आज हुन गईरहेको चुनाबमा भाग नलिने सम्बन्धमा

नेपाली जन सम्पर्क समिति जापानको छैठौ अधिवेशन अन्तर्गत आज हुन गईरहेको चुनाब को लागी नेपालबाट स्थान्तरण गर्ने क्रियाशिल सदस्य को सम्बन्ध मा गम्भीर मतभेद भएको अबस्थामा नेपाली कॉंग्रेस केन्द्रिय कार्यालय बाट नेपाली कॉंग्रेस को बिधानमा क्रियाशिल सदस्य स्थान्तरण सम्बन्धमा बिधानमा कुनै पनि व्यवस्था नभएकोले सो बमोजिम गर्नु गराउनु भनि हिजो आएको पत्र उपर उच्च स्तरिय बिबाद समाधान समिति को छलफल हुंदा निर्वाचन संयोजक ज्यु बाट केन्द्र बाट पत्र आईसकेपछि अहिले कै स्थिति मा भोली को निर्वाचन सम्भव नभएको भनिएको तर एक्कासी सबै जना सुतिसकेपछि रात को लगभग २ बजे एक्कासी आज निर्वाचन हुने भनि फ़ेस बुक मार्फत जानकारी गराईएकोले सम्पुर्ण मतदाता अन्योलपुर्ण अबस्थामा रहेका छन तसर्थ आज हुने भनिएको निर्वाचनमा म लगायत हाम्रो समुहको उमेदवारहरु आजको निर्वाचनमा भाग नलिने कुराको जानकारी गराउदछौ ।

रोशन के सी
सभापति पदको उमेदवार
नेपाली जन सम्पर्क समिति जापान
छैठौ महाधिवेशन
Letter

तपाईको प्रतिक्रिया