Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेपाल विद्यार्थी सङ्घका नवनिर्वाचित अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकालमा सबैलाई मिलाएर अगाडि बढ्ने बताउनुभएको छ ।
सङ्घको हालै सम्पन्न निर्वाचनमा अध्यक्षका निकटतम् प्रतिद्वन्दी मनोजमणि आचार्य निर्वाचित पदाधिकारी, पराजित र प्रतिनिधिका लागि आयोजना गर्नुभएको बधाई तथा चियापान कार्यक्रममा अध्यक्ष महरले आफूले शिक्षा र स्वास्थ्यजस्ता जनताका आधारभूत आवश्यकता निःशुल्क गराउन पहल गर्ने बताउनुभयो । उहाँले आफूहरु राजनीतिक मुद्दाभन्दा शैक्षिक विषयमा केन्द्रित भएर काम गर्ने पनि स्पष्ट पार्नुभयो ।
महरले देशमा जातीय, क्षेत्रीय र धार्मिक सहिष्णुता कायम गराउनेखालको शिक्षा नीति आफूको माग भएको बताउँदै नैतिकतामा आधारित व्यावहारिक शिक्षामा जोड दिने बताउनुभयो । उहाँले भन्नुभयो–“नेतृत्वलाई एकताबद्ध बनाएर अगाडि बढाउने छु, पराजित भएका साथीहरुको सहयोग र सल्लाह लिई अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु ।”

अध्यक्ष पदका निकटतम् प्रतिद्वन्दी रहनुभएका आचार्यले निर्वाचनमा जसले हारेजिते पनि सङ्गठनले जितेको बताउँदै आफू हार्न तयार रहेको तर सङ्गठनलाई कहिल्यै हार्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो–“सङ्गठनमा कसैले पद जित्छ, कसैले राजनीति । मैले राजनीति जितेको छु ।” कार्यक्रममा नवचिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिइएको थियो ।

तपाईको प्रतिक्रिया