Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

Gosaikunda Lake langtang trek Nepal

रसुवा – जनैपूर्णिमा पर्वका अवसरमा लागेको गोसाइँकुण्ड मेला सम्पन्न भएको छ ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीत डिएमका अनुसार आज बिहानसम्ममा सबै यात्रु आफ्नो गन्तव्यतर्फ सकुशल फर्किसकेका छन् । यस वर्षको पर्वमा करिब १० हजार भक्तजन आएको अनुमान गरिएको छ । गोसाइँकुण्ड दर्शन गर्न आएका यात्रुमध्ये दुई हजार ७०० जनालाई लेक लाग्ने समस्या आएको र जिल्ला स्वास्थ्य कार्यालय नेपाली सेना, नारायण दलगण, हिमालय उद्धार सङ्घ र साइबाबा हस्पिटलसमेतको चिकित्सक टोलीले प्राथमिक उपचार गरेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
गोसाइँकुण्डमा सुरक्षा प्रदान गर्न गएका नेपाल प्रहरीका एक हवल्दार एवम् एक यात्रु भने लेक लाग्ने समस्याले जटिल बिरामी भएका कारण एम्बुलेन्सद्वारा काठमाडौँ पठाइएको र उनीहरुको उपचार काठमाडौँका अस्पतालमा भइरहेको जानकारी दिँदै जिप्रका प्रमुख फणीन्द्र प्रसाईंले आफ्नो युनिटको प्रहरी हवल्दारलाई सघन उपचार कक्षमा राखिएको जानकारी दिनुभयो ।
यस वर्षको पर्वमा पानी नपरेका कारण यात्रा गर्न अत्यन्तै सहज भए पनि खाने, बस्नका लागि गोसाइँकुण्ड, चन्दनबारी र लौरीबिनायक क्षेत्रका होटल व्यवसायी र धुन्चे–काठमाडौँ यात्रु ओसारपसार गर्ने सवारी चालक एवम् व्यवसायीले अत्यन्तै महँगो शुल्क असुलेको भन्दै यात्रुले गुनासो गरेका थिए । यस्तै, भक्तजनद्वारा गोसाइँकुण्डमा चढाइएको भेटी रकम धुन्चेस्थित प्रहरी परिसरमा गणनाकार्य सुरु भएको छ । सो भेटी नेपाल प्रहरीको कडा सुरक्षाकासाथ शुक्रबार साँझ धुन्चे पु¥याइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया