Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

ललितपुर – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माणका लागि साझा सङ्कल्प र धैर्यताको आवश्यकता भएको बताउनुभएको छ ।

‘हामी’ नामक संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकार भूकम्पपीडितलाई पहिलो किस्ता चाँडो पु¥याउन लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो – “सही मार्ग पनि नछाड्ने र धेरै ढिलाइ पनि हुन नदिन लागेका छौँ ।” गलत मार्गमा नजाओस् भनेर दातृ निकायले धैर्यता नगुमाउन भनिरहेका छन् ।

सरकार मर्मतमात्रै गरे पुग्ने घरधनीले पुनःनिर्माणका लागि रकम लैजालान् भन्नेमा पनि उत्तिकै सहज रहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो– “वास्तविक भूकम्पपीडित र घर भत्काएर नै बनाउनेले मात्रै रु दुई लाख रकम पाउन सक्छन् ।”

एकजना भूकम्पपीडित पनि राहत रकमबाट वञ्चित हुन नपर्ने उहाँको दाबी छ । खोकना, बुङ्गमति, साँघुलगायतका ५० भन्दा बढी पुराना बस्तीको पहिचान भएको छ । उहाँले भन्नुभयो– “खोकनालगायतका ठाउँमा लालपुर्जाको समस्या छ जुन चाँडो समाधान होस् भन्ने हामीले चाहेका हौँ ।”

अधिकारकर्मी वन्दना राणाले पुनःनिर्माणको कार्य लैङ्गिकमैत्री होस् भनेर सिङ्गो विश्वले चाहेको बताउनुभयो । ‘हामी’का अध्यक्ष मीनबहादुर शाहीले आगामी दिनमा भौतिक पूर्वाधार मात्रै नभएर सक्षम नागरिक उत्पादनका लागि राज्यले लगानी गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया