Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो  – लगातार ४ ओलम्पिकमा स्वर्ण जित्ने जापानकी काउरी इचो पहिलो महिला कुस्तीबाज बन्न पुगेकी छिन् । ३२ वर्षीय इचोले ५८ केजी मुनीको फ्रिस्टाइल कुस्तीमा रुसकी भालेरिया कोब्लोभालाई फाइनलमा हराएपछि यो कीर्तिमान अंगीकार गरेकी हुन् ।

ja

इचोले सन् २००४ को एथेन्स ओलम्पिकदेखि कुनै खेल हारेकी छैनन्। उनी १० पल्टकी विश्व च्याम्पियन हुन् । १३ वर्षदेखिको उनको अपराजित यात्रालाई यही वर्षको जनवरीमा मंगोलियाकी ओर्खोन पुरेभदोर्जीले भंग गरेकी थिइन्। तर, पुनः खेलमा फर्किएकी इचोले रियोमा अर्को चमत्कार गरिन् ।

यो प्रतिस्पर्धामा ट्युनिसियाकी मार्वा आम्रीले रजत र भारतकी साक्षी मलिकले कास्य जितेकी थिइन्।  जापानी कुस्तीबाजले आफ्नो कीर्तिमानलाई आमाप्रति समर्पीत गरेकी छिन्। उनले गत वर्षमात्र आफ्नो आमा गुमाएकी थिइन् ।

भनिन– ‘म वास्तवमै उनको कमी महसुस गरिरहेको छु । मलाई थाहा छ, उनी मलाई स्वर्गबाट हेरिरहेकी छिन् । म उनको उपस्थिति महसुस गर्न सक्छु । उनले नै मलाई अन्तिम अंक दिलाइ दिइन् । ’ उनको कीर्तिमानलाई टक्कर दिने ५३ केजीकी साउरी योसिदा मात्र छिन् । योसिदाले तीन पल्ट ओलम्पिकमा स्वर्ण जितिसकेकी छिन् । उनी विहिवार चौथो स्वर्णका लागि फाइनलमा भिड्दैछिन् ।

तपाईको प्रतिक्रिया